
Sunlit Serenade
PRO & Creator Features
Unlock advanced AI features with Pro (Audio2Audio, Voice Clone, Photo Covers, LoRA) or Creator (Variations, Edit Sections, Stem Separation).
Audio2Audio Remix
Pro & Creator
Voice Clone
Pro & Creator
Create Variations
Creator only
Edit Sections
Creator only
Stem Separation
Creator only
Lyrics
▶ Play this song to follow along.
म टाढा छु तर, माया त नजिक छ,
मायाको भोको जिन्दगी मेरो,
हर कदम सरिक छ।
आँखाभरि सपना तिम्रो, मनभरि तस्बिर छ,
तिम्रै यादमा बित्ने मेरो,
हरेक साँझ र रात छ ।
म टाढा छु तर , माया त नजिक छ,
दुई मुटुको धड्कनभित्र,
मायाकै प्रतीक छ।
[Verse 1]
डाँडापारि घाम लाग्दा, तिमिलाई सम्झन्छु,
जूनतारा उदाउँदा पनि, तिम्रै नाम जप्छु।
हावासँगै खबर पठाई, मनको कुरा भन्छु,
टाढा भए पनि तिमिलाइ , मुटुभित्रै राख्छु।
बाटो फरक भए पनि, गन्तव्य एउटै छ,
तिम्रो मायाभित्र,
मेरो सारा संसार छ।
[Chorus]
म टाढा छु तर , माया त नजिक छ,
मायाको भोको जिन्दगि मेरो ,
हर कदम सरिक छ।
[Verse 2]
समयले टाडा पार्यो, मनले टाडा भनेन,
आँखाले नजिक नपाए पनि, मायाले बिर्सन मानेन।
तिमी हाँस्दा खुसी हुन्छु, दुःखमा मन रुन्छ,
तिम्रो एउटा सम्झनाले, सारा पीडा भुल्छ ।
भेट हुने त्यो दिनलाई, मनले गनेको छ,
तिम्रो न्यानो अँगालोमा,
हराउने मन छ।
[Verse 3]
लामो यात्रा जिन्दगिको , साथ छुटे पनि,
माया गर्ने यो मन मेरो, सधै तिम्रो हो नि ।
सुख आए सँगै हाँसौँ, दुःख आए रोउँला ,
जति टाढा भए पनि, भरोसामा जिउँला ।
जुनीजुनी साथ रहोस्, सदिच्छा छ मेरो,
क्षितिजमा देखीए झै, बादलुको घेरो
[Outro]
म टाढा छु तर , माया त नजिक छ
तिमी मेरो धड्कनभित्र,
मेरै मनको संगीत छ।
दूरीले के छेक्न सक्छ र, साँचो माया भएपछि,
जिन्दगी नै सुन्दर लाग्छ,
तिमिआफ्नो भएपछि।
नेपाली सुगम संगितमा पुरुष अलिकती खुलेको स्वरमा तीन-चार मिनेटको गित बनाइ दिनु होस ।