Back to home
Dil Ki Khamoshi
Acoustic

Dil Ki Khamoshi

Thanesh RijalThanesh Rijal
0 likes8 plays6:29
Style: Genre: Sad Ghazal / Sufi Fusion / Emotional Qawwali Mood: Melancholic, deeply emotional, reflective, and heart-touching Instrumentation: Characterized by traditional South Asian instruments paired with modern acoustic arrangements, including Harmonium, Tabla, Bansuri (Flute), Acoustic Guitar, Sarod, and Strings. Estimated Tempo: Around 70 to 80 BPM (Beats Per Minute) Speed Category: Slow / Andante (reflecting a contemplative, relaxed 8-beat Ghazal/Qawwali rhythmic pattern (Keherwa taal)) Male voice

PRO & Creator Features

Unlock advanced AI features with Pro (Audio2Audio, Voice Clone, Photo Covers, LoRA) or Creator (Variations, Edit Sections, Stem Separation).

Audio2Audio Remix

Pro & Creator

Voice Clone

Pro & Creator

Create Variations

Creator only

Edit Sections

Creator only

Stem Separation

Creator only

Lyrics

▶ Play this song to follow along.

सबैथोक पाएं, तर पाइन मनमा सन्तोष्।

ए जिन्दगी! यही छ मेरो तिमीसॅंग गुनासो॥

सबैथोक पाएं, तर पाइन मनमा सन्तोष्।

ए जिन्दगी! यही छ मेरो तिमीसॅंग गुनासो॥

ओठमा भए नि हाँसो, आँखा रसाइ रह्यो

हर खुसी मिल्यो तर मायाको कमी भयो

मायालाई नै आफ्नो संसार बनाएकोथें

हरेक सपना उसकै नाममा सजाएकोथें

जसको लागि हर खुसी बलिदानी दिएँ,

उसैले बीच बाटोमा एक्लै छोडिदियो

चाहेको थिएं, जीवनभर साथ दिओस्,

हर खुसी दुखमा हात समाएर हिनोस्।

तर ऊ त बाटो बदलेर अघि बढी गयो,

उसकै यादमा म चाहि त्यहीं लडी रहेँ

दुखेसो गरेँ, गुनासो गरेँ, अनि चुपचाप आफैं मौन भएँ

आफूलाई आँसुसँग परिचित गराएँ

जसलाई सम्झाएर रोक्थें पहिले

उसैको खुशीको कामना गर्दै छुट्टिई दिएं !

रातको एकान्तले पनि अब मसँग कुरा गर्छ

हरेक मौनताले मुटुमा ढक्ढक्याउँछ।

जून पनि मेरो लाचारी देखेर मौन छ,

हावाले तिम्रै बासना ल्याएर तड्पाउॅंछ।

भन्न त भन्छन् समयले चोट निको पार्छ।

हरेक बिछोडिएकालाई मिलाउँछ।

मैले पनि वर्षौँ पर्खी हेरिसकेँ,

तर यहां त यादहरू झन गहिरो बनिराछ।

मनलाई धैर्यताको पाठ सुनाइसकें,

हर इच्छा मौनतामा बिलाईसके

अब त कसैसँग कुनै गुनासो पनि छैन

हरेक दुखाइलाई आफ्नै भाग्य मानिसकें

कहिले सोच्छु कहिं तिमीसंग मिलिहाले नि

के यो टुटेको मुटु जोडिएला र?

भरोसा जुन एकपटक भत्किन्छ,

त्यो जीवनभर नै कहाँ जोडिन्छ र?

अब बस यही कामना, तिमी जहाँ भए पनि,

तिम्रा हर पल खुसीले हराभरा बनून्

म त एकान्तको बानी परिसकेँ

बस तिम्रा सम्झनाहरू मसँगै रहून्

सबैथोक मिल्यो, तर शान्ति मिलेन

हरेक मोडमा मनलाई चयन मिलेन

मायाले यही पाठ सिकायो अन्ततः

हर चाहनेवालालाई उसको माया मिल्दैन

सबैथोक पाॅंए, तर पाइन मनमा सन्तोष्।

ए जिन्दगी! यही छ मेरो तिमीसॅंग गुनासो॥

सबैथोक पाॅंए, तर पाइन मनमा सन्तोष्।

ए जिन्दगी! यही छ मेरो तिमीसॅंग गुनासो॥

Comments(0)

Sign in to join the conversation.

No comments yet. Be the first to comment!